अनुसन्धानमा प्रविधिको प्रयोग बढाउनुपर्छ : गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले अनुसन्धानमा प्रविधिको प्रयोग बढाउन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित ‘रणनीतिक तथा नेतृत्व विकास तालिम’को समापन कार्यक्रममा उनले विज्ञान प्रविधिको प्रयोग गरी आपराधिक घटना बढिरहेकाले त्यसलाई निस्तेज पार्न अनुसन्धानमा पनि प्रविधि प्रयोग बढाउनुपर्ने बताएका हुन् ।
‘अपराधीले प्रविधिको उच्च प्रयोग गर्दै आपराधिक क्रियाकलाप गर्दै आएका र त्यस्ता आपराधिक गतिविधिलाई निस्तेज गर्न प्रविधिको विकास गर्दै प्रविधिसम्बन्धी ज्ञान तथा सीपलगायतका विषयहरु तालीममा समावेश गर्नुपर्छ,’ उनले भने । उच्च प्रविधिको ज्ञान सँगसँगै सुरक्षाका जिम्मेवारीलाई वहन गर्न इमान्दारी र अनुशासन अनिवार्य रहेको उनको भनाइ थियो ।
.गृहमन्त्री थापाले तालीमबाट प्राप्त नेतृत्व विकाससम्बन्धी सिद्धान्त तथा विविध ज्ञानले देश र जनताको सुरक्षामा महत्वपूर्ण योगदान मिल्ने विश्वास व्यक्त गरे । उनले देशको अर्थतन्त्रको रक्षा र विकास गर्न आर्थिक अपराधमा संलग्न तस्कर, भ्रष्टाचारीलाई नियन्त्रण एवं निस्तेज पार्न जरुरी रहेको बताए ।
गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुमा निखार ल्याउनका लागि तालिम सञ्चालन गरिएको उल्लेख गर्दै आउँदा दिनमा यस्ता तालीमलाई निरन्तर रुपमा सञ्चालन गरिने जानकारी गराए । ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकमा सीमावर्ती अपराध, प्रविधिको दुरुपयोगबाट सिर्जित अपराध एवं राष्ट्रिय सुरक्षाका विषयमा विभिन्न चुनौतीको सामना गर्न सबै सुरक्षा संयन्त्रले एकिकृत रुपमा समन्वय गर्दै कार्ययोजना निर्माण गर्न आवश्यक रहेकामा जोड दिए ।
तालीममा राष्ट्रिय अनुसन्धान विभागका सात सह–अनुसन्धान निर्देशक र १८ उप–अनुसन्धान निर्देशकको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा