रुपन्देहीको एशियन फर्मास्युटिकलमा भीषण आगलागी
सोमबार, ०६ जेठ २०७६, २१ : ४८
रुपन्देही-रुपन्देहीको एशियन फर्मास्युटिकल प्रालिमा भीषण आगलागी भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ खुन्सामा रहेको सो औषधि उद्योगमा आज साँझ ५ बजेदेखि आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि डेढ घण्टापछि मात्रै दमकल पुगेको थियो । तीन घण्टादेखि आगो नियन्त्रणको प्रयास भइरहेपनि पूर्ण रुपमा सफल हुन नसकेको प्रहरीले जनाएको छ ।
आगलागीबाट निकै ठूलो क्षति भइसकेको र थप क्षति हुन नदिन प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृ्रदय थापाले बताए । औषधि कम्पनी सञ्चालक हुतानन्द खनालका अनुसार उद्योगमा करोडौँको उत्पादित औषधि रहेकाले सबै नष्ट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छः रामशङ्कर यादव
-
२०२६ सम्म सलमान खानको ग्रह खराब छ : ज्योतिष
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट