शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजधानीका गौंडा–गौंडामा क्यामेरा, लागत ५ करोड

मङ्गलबार, ०७ जेठ २०७६, ०७ : ५३
मङ्गलबार, ०७ जेठ २०७६

काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यकाका सबै शहरी स्थानमा सिसिटिभी जडान गरिने भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा ईश्वरराज ढकालले लेखेका छन् । 

उपत्यकामा हाल सञ्चालनमा रहेका ५ सय ६९ सिसिटिभीबाहेक काठमाडौं महानगरपालिकाभित्र मात्रै थप १ सय ६१ वटा जडान गर्न लागिएको हो ।

अबको दुई महिनाभित्र काठमाडौैका सबै चोकमा सिसिटिभी जडान गर्ने योजना छ । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी होबिन्द्र बोगटीले ती सिसिटिभी जडान भएपछि उपत्यकाको सुरक्षा व्यवस्था निगरानी गर्न सहज हुने बताए ।

५ करोड ८१ लाख रुपियाँमा टेन्डर स्वीकृत भइसकेको जानकारी दिँदै कामपा प्रहरी प्रमुख डिएस्पी धनपति सापकोटाले महानगरपालिकाले छनोट गरेका ४२ बाहेकका अन्य स्थानमा प्रहरीले सिसिटिभी जडान गर्न लागेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप