च्याट शोमा आएकी महिलाले गरिन् आत्महत्या, बन्द भयो कार्यक्रम
मनोरञ्जन जगतमा विभिन्न अचम्मका कार्यक्रम देख्न पाइन्छ । थुप्रै कार्यक्रमले त दर्शकलाई प्रभावित गर्नका लागि सबै हद पार गर्ने गर्छन् । हालै एउटा यस्तै कार्यक्रमको विषयमा चर्चा भइरहेको छ । यो कार्यक्रम यूकेको एक टिभी च्यानलको सबैभन्दा चर्चित कार्यक्रम मध्येको एक थियो । यसलाई चर्चित टिभी स्टार जेरेमी काइलीले चलाउँथे । च्यानल फाइभमा प्रशारण हुने उक्त कार्यक्रमको नाम थियो ‘ब्रिटेन्स वर्स्ट हसबेन्ड’ ।
यो कार्यक्रममा जेरेमीले केही जोडीलाई बोलाएर उनीहरुबीचको समस्या छलफल गर्ने गर्दथे । कार्यक्रमका संचालकले नै एउटा नतिजामा पुगेर उनीहरुलाई सल्लाह दिने गर्दथे । यसै कार्यक्रममा जेरेमीले एक जोडीलाई यस्तो सल्लाह दिए जसका कारण च्यानलदेखि कार्यक्रमका निर्मातासम्म समस्यामा फसे ।
मामला धेरै वर्ष पुरानो हो । काइलीले आइटीभी शोमा यो महिना एक रेकर्ड गराएको कार्यक्रम बन्द भएपछि उनको पुरानो कार्यक्रमबारे यस्तो समाचार प्रकाशित भएको हो ।
घटना सन् २००५ को हो । एक महिला आफ्नो श्रीमानसँगको आफ्नो बिग्रदोँ सम्बन्ध लिएर कार्यक्रममा आएकी थिइन् । दुबैको कुरा सुनेपछि काइलीले ३६ वर्षे एरिका पावसनलाई श्रीमान् पल पावसनसँग सम्बन्धविच्छेद गर्न सुझाए । काइलीको सल्लाह मानेपछि एरिकाले श्रीमानसँगको आफ्नो १८ वर्ष पुरानो सम्बन्ध तोडिन् । काइलीको सल्लाहपछि सम्बन्धविच्छेद लिएकी महिला नराम्रोसँग विक्षिप्त भइन् र त्यसको ६ दिनभित्रै आत्महत्या गरिन् । यसबारे खुलासा भएपछि टिभी च्यानल, कार्यक्रमका निर्माता र प्रस्तोता जेरेमी काइलीमाथि कारवाही गरियो । यही घटनापछि कार्यक्रम बन्द गरिएको बताइएको छ ।
लिंकोल्न्साइरस्थित लाउथका ५४ वर्षे पल पावसनले काइलीले आफ्नी श्रीमतीलाई सम्बन्धविच्छेद गर्न निकै उक्साएको जानकारी दिए ।
‘मलाई यस्तो लाग्छ कि उनले मेरो र मेरी छोरीको जीवन बर्बाद गरिदिए,’ उनले द सनलाई भने । ‘उनी नचिनेका मानिसहरुसँग पनि निकै रुखो तरिकाले बोल्थे । उनी खासमा त्यस्तो हुन नहुने हो । ’
तर एरिकाका बुवा एरिक म्यासेले भने, ‘छोरीको आत्महत्याको जिम्मेवार म कार्यक्रमलाई ठान्दिनँ । उनी उक्त कार्यक्रममा जानु अघि नै यी सब भएको थियो ।’
द गार्डियनका अनुसार आइतबार पूर्व बक्सर पल म्याककार्थीले सन् २०१४ मा काइलीको आइटीभी शोमा उपस्थित भएको तीन महिनापछि आत्महत्या गरेका थिए ।
गत बुधबार स्टेफन डिमन्ड मृत पाइएपछि कार्यक्रमका निर्माताले काइलीको आइटीभी शो स्थायीरुपमा बन्द गरेका छन् । ६३ वर्षे डिमन्डलाई उनकी प्रेमिकाले नपुंसक बताएपछि उनी उक्त कार्यक्रममा उपस्थित भएका थिए । उनी ‘लाइ डिटेक्टर टेस्ट’ मा फेल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित