शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पोई पर्‍यो काले’मा सौगात र सृष्टिको जोडी

मङ्गलबार, ०७ जेठ २०७६, १० : ४८
मङ्गलबार, ०७ जेठ २०७६

काठमाडौं – रियल प्रेम जोडीका रुपमा चर्चामा रहेका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टी श्रेष्ठ पर्दामा पनि प्रेमी जोडीका रुपमा देखिने भएका छन् । 

आगामी ८ कात्तिक रिलिज भन्दै घोषणा भएको फिल्म ‘पोई पर्यो काले’मा यी जोडीका रुपमा प्रस्तुत हुन लागेका हुन् । 

राजधानीमा आयोजित एक समारोहमा फिल्मको शीर्ष गीत ‘ए दिदी पाईपर्यो काले....’मा कलाकारले अभिनय गर्दै मुहुर्त सर्ट दिए । मुहुर्तमा कार्यक्रममा चलचित्र विकाश बोर्डका अध्यक्ष एवम् कलाकार केशब भट्टराइ, चलचित्र पत्रकारसंघका अध्यक्ष सन्दिप, विकास बोडका पुर्व सदस्य तथा कलाकार उत्तम केसी लगायत अतिथि बनेका थिए । 

शिशिर राणाले निर्देशन गर्न लागेको फिल्मको लेखन पनि उनले नै गरेका हुन् । फिल्मको भूमिकामा सौगात मल्ल,  सृष्टी श्रेष्ठ, पुजा शर्मा र आकाश श्रेष्ठ देखिने छन् । 

फिल्मका अन्य कलाकारमा सोहित मानन्धर, बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल छन्दे र निर्देशक शिशिर आफैं रहेका छन् । अभिनेत्री सुरक्षा पन्त यो फिल्ममा अतिथि भूमिका रहने बताइएको छ । 

मनाङका प्रदेश सभा सदस्य दीपक मनाङ्गे अर्थात राजिव गुरुङले यो चलचित्र निर्माण गर्दैछन् । अरु निर्मातामा अ. देबी राई, किरण नेपाली, रघु परियार, अर्जुन खनियाँ, देब तामाङलगायत छन् ।

१३ जेठबाट छायाँकन सुरु हुने फिल्म पोखरा र मुस्ताङमा खिचिनेछ । फिल्मको छायाँकारमा शिब ढकाल रहेका छन् । तारा थापा किम्भेको सम्पादन, कविराज गहतराज, रामजी लामिछाने, रविन शाहको नृत्य फिल्ममा रहनेछ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप