बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचथर हत्या प्रकरणः एसपीको कमाण्डमा सीआईबीको टोली घटनास्थलतर्फ

मङ्गलबार, ०७ जेठ २०७६, १० : ५९
मङ्गलबार, ०७ जेठ २०७६

काठमाडौं–पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा २ परिवारका नौ जनाको विभत्स हत्या भएसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थल प्रस्थान गर्न लागेको छ ।  

प्रहरीको केन्द्रीय प्रवक्ता (डीआईजी) विश्वराज पोखरेलका अनसार घटनाको अनुसन्धानको लागि एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गर्न लागेको हो । 

एसपी उमाप्रसादको टोली १२ बजे हेलिकप्टरमार्फत ताप्लेजुङ जाने बताइएको छ ।

अज्ञात समूहको आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खुजुमका अनुसार मकुन्डोधारी समूहले गएराती १२ बजेभन्दा अघि नै हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप