मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पाँचथरमा ९ जनाको विभत्स हत्या : यस्तो देखियो घटनास्थल

मङ्गलबार, ०७ जेठ २०७६, १२ : ५२
मङ्गलबार, ०७ जेठ २०७६

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ । 

मुकुन्डोधारी अज्ञात समूहले ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवारको हत्या गरेको हो । 

अज्ञात समूहको आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खुजुमका अनुसार मकुन्डोधारी समूहले १२ बजेभन्दा अघि नै हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।

यता घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका एसएसपीको नेतृत्वमा टोली अनुसन्धानमा खटिएको छ ।

यस्तै सीआईबीको एसपी उमाप्रसाद चर्तुदेवीको नेतृत्वमा, प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली अनुसन्धानको लागि घटनास्थल प्रस्थान गरेको छ । 

हाल पाँचथरको चारैतिर नाकामा चेकजाँच कडा पारिएको प्रहरीले जनाएको छ ।

एकै गाउँका २ परिवारको हत्या भएपछि स्थानीयहरु डरले त्रसित भएका छन् । 

तस्विर : सरोज शर्मा

९ जनाको हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला

पाँचथर हत्या प्रकरणः एसपीको कमाण्डमा सीआईबीको टोली घटनास्थलतर्फ

पाँचथर हत्या प्रकरण : चार दिनअघि पनि नुनमा सिसा मिसाएर हत्याको प्रयास भएको थियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप