शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चुनावी प्रचारका लागि भारतका राजनीतिक दलले गुगल र फेसबुकमा मात्रै खर्च गरे ५३ करोड भारु

मङ्गलबार, ०७ जेठ २०७६, १३ : ०५
मङ्गलबार, ०७ जेठ २०७६

एजेन्सी । आइतबार भारतमा एक महिनादेखि जारी लोक सभा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन परिणाम र निर्वाचनका विभिन्न तथ्याकं बाहिर आउने क्रम जारी छ । 

भारतमा राजनीतिक दलले चुनावी प्रचारको लागि फेब्रुअरीदेखि हालसम्म फेसबुक र गुगल आदी डिजिटल मंचमा ५३ करोड भारु भन्दा बढी खर्च गरेको तथ्याकं सार्वजनिक भएको छ । यी मंचमा खर्च गर्नेमा सबैभन्दा अग्रस्थानमा सत्तारुढ भाजपा देखिन्छ । 

फेसबुकले जारी गरेको रिपोर्ट अनुसार यही फेब्रुअरीको सुरुवातबाट मे १५ सम्म फेसबुकमा १.२१ लाख राजनीतिक विज्ञापनको प्रसारण भए । त्यसबाट उसले २६.५ करोड रकम प्राप्त गरेको छ ।  
त्यस्तै गूगलको प्लेट फर्ममा भारतीय राजनीतिक दलले १७ करोड भारुभन्दा बढी खर्च गरेको छ । 

यस्तै हिसाबले राजनीतिक पार्टीले गुगल, युट्युव र उसका अन्य सहायक कम्पनीमाथि १९ फेब्रुअरीदेखि हालसम्म १४,८३७ विज्ञापन गरेको र त्यसबाट २७.३६ करोड भारु उठेको लेखेको छ । 

भाजपाले फेसबुकमा २५०० भन्दा बढी विज्ञापन गरेर ४.२३ करोड भारु खर्च गर्यो । भाजपाले ‘माइ फस्ट भोट फर मोदी’, ‘नेशन विद नमो’ जस्ता पेजमार्फत समाजिक संजालमा मात्रै चार करोडभन्दा बढी खर्च गरेको छ । 

कंग्रेसले फेसबुकमा ३,६८६ विज्ञापन गरेर १.४६ करोड भारु खर्च गर्यो भने गुगलमा ४,२५ विज्ञापन राखेर २.७१ करोड भारु खर्च गर्यो । 

फेसबुकको तथ्याकंका अन्य पार्टीले गरेका खर्च विवरण पनि प्रस्तुत छ । तथ्याकं अनुसार तृणमुल कांग्रेसले उसको प्ल्याटफर्ममा विज्ञापनमा २९.२८ लाख भारु खर्च गर्यो । 
आम आद्मी पार्टीले फेसबुकमा १,७६ विज्ञापन चलायो र त्यसको लागि १३.६२ लाख भारु भुक्तानी गर्यो । 

गूगलका अनुसार उसको ‘अर्बन डिजिटल सोल्युसन्स’ प्लेटफर्ममा आम आदमी पार्टीको विज्ञापन प्रचार गरेको थियो । मे १९ मा पार्टीले यसको लागि २.१८ करोड भारु भुक्तान गर्यो । 

यस अघि गुगल र फेसबुकजस्ता डिजिटल प्ल्याटफर्मले भारतमा चुनाव अघि पारदर्शिता ल्याउनको लागि तिनको समाजिक संजालमा राजनीतिक विज्ञापनको विवरण प्रस्तुत गर्नेछन् । 

यी सामाजिक संजालले पछिल्लो केही महिना कयैन कदम पनि उठाएका थिए । 

भारतमा एक महिना चलेको मतगणनाको परिणाम मे २३ मा आउनेछ ।  
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप