बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मृत अवस्थामा महिला फेला

मङ्गलबार, ०७ जेठ २०७६, १३ : ५३
मङ्गलबार, ०७ जेठ २०७६

दोलखा– दोलखामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।  घरबाट करीब सय मिटर टाढा रहेको आफन्तको घरमा देवाली खाना खान गएकी जिरी नगरपालिका–४ स्थित सियूरानीकी ५९ वर्षीया लक्ष्मी नेपाली सोमबार दिउँसो ४ बजे मृत अवस्थामा फेला परेको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले बताए । 

मदिरा सेवनका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । स्वास्थ्य परीक्षणका लागि उनको शव जिल्ला अस्पताल जिरीमा राखिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप