बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लक्ष्मी बैंकको नयाँ शाखा बर्दियाको गुलेरिया र दाङको तुल्सीपुरमा

मङ्गलबार, ०७ जेठ २०७६, १४ : ३४
मङ्गलबार, ०७ जेठ २०७६

काठमाडौं– लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा क्रमशः बर्दियाको गुलेरिया र दाङको तुल्सीपुरमा आफ्नो १०४ औँ र १०५ औँ शाखा संचालनमा ल्याएकोे छ ।

यी सँगै प्रदेश ५ मा बैंकको शाखा संख्या १२ पुगेको छ । यी शाखाहरु मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ । 

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४७ जिल्लामा १०५ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १२७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप