बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमाणपत्र दिएपछि मात्र श्रमस्वीकृति दिने निर्णय स्थगित गर्न माग

मङ्गलबार, ०७ जेठ २०७६, १५ : ०८
मङ्गलबार, ०७ जेठ २०७६

काठमाडौं–नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारमा जाने कामदारले सीपमूलक तालिमको प्रमाणपत्र पेश गरेपछि मात्र श्रम स्वीकृति दिने निर्णय तत्काल लागू नगर्न ध्यानाकर्षण गराएको छ । 
संघले विभिन्न चारवटा बुँदामा संशोधन गरेर मात्र कार्यान्वयनमा लैजान ध्यानाकर्षण गराउँदै  वैदेशिक राेजगार विभागलाई ज्ञापनपत्र बुझाएको छ । 

संघको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा भनिएको छ,  ‘वैदेशिक रोजगार ऐन २०६४ को दफा १९ को व्यवस्थालाई संशोधन गरी रोजगारदाता कम्पनीले कामदारलाई प्रदान गरेको करारपत्र उल्लोख गरेको पदलाई आधारमानि अन्तिम श्रम स्वीकृति दिने व्यवस्था गर्नुपर्नेछ ।’ 

यसैगरी विदेशबाट सिप सिकेर आएका तर औपचारिक प्रमाणपत्र नभएका र देशमा काम गरी सिप सिकेका व्यक्तिलाई सातै प्रदेशमा सिप परीक्षणको व्यवस्था गर्नुपर्ने, रोजगारदाता कम्पनीले प्रदान गरेको कामको अनुभवको प्रमाणपत्र र  अन्तर्राष्ट्रिय सीप परिक्षणबाट प्राप्त गरेको प्रमाणपत्रलाई मान्यता दिन आवश्यक कार्यविधि तयार गर्नुपर्ने माग पनि गरेको छ । 

यस्तै संघले वैदेशिक रोजगार व्यवसायीद्वारा सञ्चालन भएका तालिम केन्द्रलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । 

केही समयअघि असार १५ गतेदेखि विदेश जाने कामदारले सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश गरेपछि मात्र श्रम स्वीकृति  दिने भन्दै सुचना प्रकाशित भएको थियो । सोही सूचनालाई लिएर व्यवसायीहरुले विरोध गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप