शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीलाई पेट्रोल छर्केर जलाउनेविरुद्ध मुद्दा दर्ता

मङ्गलबार, ०७ जेठ २०७६, १६ : १९
मङ्गलबार, ०७ जेठ २०७६

बुटवल । केही दिनअघि चितवनमा भएको एक विवादमा सुरक्षा दिन खटिएका प्रहरीमाथि नै पेट्रोल छर्किएर सख्त घाइते बनाउने समूह मध्येका तीन जनाविरुद्ध मंगलवार म्याद थप भई मुद्दा अघि बढाइएको छ ।  

  जेठ ३ गते  भरतपुर महानगरपालिका टिकौली गोन्द्राङस्थित कर संकलन केन्द्र (ढाट) राख्ने विषयमा भएको तोडफोड र आगाजानी घटनामा शान्ति सुरक्षा प्रदान गर्न गएको प्रहरी टोली मध्येकी असई कल्पना पौड्याल खड्काको शरीरमा आक्रोशित भीडबाट कसैले पेट्रोल छर्किँदा उनी जलेर सख्त घाइ ते भएकी थिइन् ।

   चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार उक्त दिन टिकौली जंगल सडक छेउमा बोर्ड सहित ढाट राख्ने ठेकेदार विरुद्ध रत्ननगर उद्योग वाणिज्य संघको अगुवाईमा पूर्वी चितवनका वासिन्दा  तोडफोड र आगाजानीमा उत्रिएका थिए ।

  सोही घटना साम्मे पार्न पुगेकी असई पौड्याल खड्काको शरीरमा भिडबाट कसैले पेट्रोल खनाई दिए पछि उनको मुहार, दुबै हात खुट्टा जलेर सख्त घाईते भएकी थिईन । उनि अहिले पनि अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको एसपी राठौरले बताए । 

 पहिलो दिन एक जनालाई समातिएको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार पछि भिडियो हेरेर चिने पछि थप दुई जनालाई पक्राउ गरिएको छ । सोमबार  तीन जना विरुद्ध  अभद्र ब्यवहार अन्तर्गत मुद्धा  दर्ता गरी मंगलवार म्याद थप समेत भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।
 पक्राउ पर्नेमा केपी लामिछाने, खिलप्रसाद घिमिरे र गोकर्ण गिरी रहेका छन् । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

टिकौली चोकमा भर्खरै बनेको शौचालय र ढाट राखिएको स्थान निकुञ्जबाट महाभारततर्फ जाने वन्यजन्तुको प्राकृतिक बाटोभित्र परेको र टिकौली चौरमा शिलान्यास समेत भइसकेको रंगशाला रहेको छ ।

     जहाँ ढाट राख्दा   वन्यजन्तुलाई समेत असर पर्ने  र पुर्वी  चितवनका जनताका साथै राष्ट्रिय निकुञ्जलाई समेत प्रत्यक्ष असर पर्ने भएकोले ढाट अन्यत्रै सार्नु पर्ने  माग गर्दै पुर्वी चितवनका जनता आन्दोलित भएका थिए ।

   प्रहरीलाई आगो लगाउने घटना स्थानीय प्रशासनले सहमतिमा मिलाउन  खोजेको आरोप समेत आइरहेको प्रति प्रमुख जिल्ला अधिकारी बस्नेतको ध्यानाकर्षण गराउँदा उनले आगो लगाउने विरुद्ध कारबाही गर्ने गरी अगाडि बढिएको तर  ढाट सार्ने विषयमा सहमति गर्दा ढिलाई हुन गएको प्रतिकृया दिए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप