मेडिकलको लापर्वाहीले बालकको ज्यान गयो
मङ्गलबार, ०७ जेठ २०७६, १७ : १८
बुटवल– दाङमा मेडिकल सञ्चालकको लापर्वाहीका कारण एक बालकको ज्यान गएको छ । अर्घाखाँचीको सितगंगा नगरपालिका–८, सातमारा घर भई दाङको गढवा गाउँपालिका –१ जेठानगाउँ स्थित माईती घरमा बस्दै आइरहेका हरिबहादुर कुमाल र श्रीमती सरिता कुमालका १८ महिनाका छोरा सुशान्त कुमालको ज्यान गएको हो ।
हिजो सामन्य विरामी परि राप्ती गाउँपालिका –५ सिसनियास्थित युनिक मेडिकलमा लगिएका बालकलाई cefantal 025 gm र dexona02mx मिसाई सिरिन्ज चढाइएका बालक त्यही बेहोस भएका थिए ।
उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याएपछि डाक्टरले मृतक घोषणा गरेका थिए । अहिले बिहान उनको शव लमही अस्पतालको शव गृहमा राखिएको र उक्त मेडिकल सञ्चालक चेतनारायण चौधरीलाई नियन्त्रणमा लिइएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान