शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी थुनामा आप्रवासी किशोरको मृत्यु

मङ्गलबार, ०७ जेठ २०७६, १७ : ४५
मङ्गलबार, ०७ जेठ २०७६

वासिङ्टन– संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा अमेरिकी आप्रवासन थुनामा रहेका ग्वाटेमालाका १६ वर्षीय एक किशोरको मृत्यु भएको छ । 

अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) का अनुसार टेक्सासको हिडाल्गो नजिक गत मे १३ मा अवैध रुपमा प्रवेश गरेका ती किशोरलाई सीमा सुरक्षा निकायले गिरफ्तार गरेको थियो ।
नाम नखुलाइएका ती बालकको रियो ग्रान्डे भ्याली सेक्टरको वेस्लाको स्टेशनमा मृत्यु भएको थियो । 

 ती बालकको मृत्यु हुनुको कारण भने खुलेको छैन । गत डिसेम्बरयता अमेरिकी थुनामा मृत्यु हुने यी पाँचौं आप्रबासी बालक हुन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप