जेठभित्रै सबै एकीकरण सक्छौँ: नेता खनाल
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले यही जेठ महिनाभित्रै पार्टीका सबै एकीकरण सकिने बताएका छन् । उनले पार्टीको तल्लो तहसम्म एकीकरण गर्न धेरै समय लागेकाले अब तदारुकताका साथ एकीकरणको काम भइरहेको उल्लेख गरे ।
नेकपाका जिल्ला तहका पदाधिकारीलाई आज शपथ ग्रहण गराउन यहाँ आएका उनले दुई धारका दुई कम्युनिस्ट पार्टी एकीकरण ऐतिहासिक भएको बताए । उनले एकै विचार र एकै पृष्ठभूमि भएका जोसुकैसँग पनि पार्टी एकता हुन सक्ने भएकाले एकीकरणको कार्य नटुङ्गिएको उल्लेख गरे । पछिल्लो समय पार्टीमा दर्शन, विचार र सिद्धान्तमा काम कम हुन थालेको भन्दै उनले इतिहास नबिर्सिन सबैलाई आग्रह गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले कार्यकर्तालाई पार्टीगत सिद्धान्त, इतिहासको अध्ययन र परिस्थितिको अध्ययन गर्नसमेत आग्रह गरे । उनले विगतमा कम्युनिस्ट विभाजन हुँदा देशले प्रतिकूलता सहनु परेको उल्लेख गरे । विगतमा आपसी समस्याका कारण कम्युनिस्ट पार्टीबीच नै झै–झगडा, प्रतिस्पर्धा र काटमारको परिस्थितिसमेत आएको उल्लेख गर्दै उनले अब कम्युनिस्ट एक हुँदै गएको जिकिर गरे ।
प्रदेश नं १ नेकपाका इञ्चार्ज भीम आचार्यले कम्युनिस्ट एकता निर्धारित समयभन्दा धेरै ढिलो भएको बताए । उनले पार्टीभित्र विधिविधान, सिद्धान्त र पद्धति कम मात्र हेर्न थालिएको आरोप खेप्नु परेकाले अब यस्तो हुन नदिन नेतृत्वलाई आग्रह गरे । प्रदेशका सह–इञ्चार्ज सावित्रीप्रसाद काफ्लेले कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय इतिहास भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह