शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई यस्तो फैसला

मङ्गलबार, ०७ जेठ २०७६, १८ : ४९
मङ्गलबार, ०७ जेठ २०७६

काठमाडौं– मोडल तथा समाजसेवी समेत रहेकी खुश्बु ओली चेक बाउन्स मुद्दामा दोषी ठहर भएकी छन् । जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गरेको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर फैसला गरेको छ । 

ओलीले काटेको ३६ लाख रुपैयाँ बराबरको कुमारी बैंकको चेक बाउन्स भएको भन्दै सप्तरीका गोपाल कटुवालले मुद्दा दायर गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप