मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

१८ घण्टापछि उठाइयो शव, यस्तो अवस्थामा भेटिएका थिए मानबहादुर (तस्बिरसहित)

मङ्गलबार, ०७ जेठ २०७६, १९ : १०
मङ्गलबार, ०७ जेठ २०७६

पाँचथरको मिक्लाजुङ गाउँपालिका – ३ आरुबोटेमा दुई परिवारको सामूहिक हत्या भएको १८ घण्टापछि मृतकहरुको शव उठाइएको छ । 

काठमाडौँबाट गएको सीआईबीको बिषेश टोली पुगेपछि शव उठाउने कार्य सुरु भएको हो । 

मृतकहरुको शव पोष्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान लगिने भएको छ । 

सोमबार राती ९ जनाको सामूहिक हत्या भएको थियो । मिक्लाजुङ ३ आरुबोटेको वडा कार्यलय नजिकै सो घटना भएको हो । 

हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।

घटनास्थलमा मुचुल्का उठाउँदै । 

१२ वर्षीया सीता खुजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । 

९ जनाको विभत्स हत्यामा ज्वाइँ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । 

हत्यामा संलग्न रहेको आशंका गरिएका माखिम पनि घरभन्दा झण्डै दुई घण्टाको पैदल दुरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । 

उनको शव रहेको स्थान नजिकै रगत पोतिएको अवस्थामा खुकरी र रगत लतपतिएकै कपडाहरु भेटिएको छ । 

९ जनाको हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला

पाँचथर हत्या प्रकरणः एसपीको कमाण्डमा सीआईबीको टोली घटनास्थलतर्फ

पाँचथर हत्या प्रकरण : चार दिनअघि पनि नुनमा सिसा मिसाएर हत्याको प्रयास भएको थियो

पाँचथरमा ९ जनाको विभत्स हत्या : यस्तो देखियो घटनास्थल 

सामूहिक हत्या प्रकरण : आत्महत्या गरेका मानबहादुरको श्रीमतीसँग खटपट ! 

ज्वाइँ झुण्डिएको स्थान नजिकै भेटियो रगत लतपतिएको खुकुरी

आत्महत्या गर्ने ज्वाइँ नै थिए त ती नकाबधारी ?

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप