मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान

मङ्गलबार, ०७ जेठ २०७६, १९ : ३५
मङ्गलबार, ०७ जेठ २०७६

काठमाडौं– भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।  भोजपुरको ट्याम्के मैयुम गाउँपालिका १ स्थित मैयुमडाँडास्थित जंगलमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको हो ।

जंगलमा थुपै्र हतियारधारी समूह लुकेको भन्ने सूचनाका आधारमा प्रहरीले सो क्षेत्रमा अप्रेशन चलाएको थियो । जंगलमा पुगेको प्रहरी टोलीमाथि उल्टै गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर गरेको जनाएको छ ।

जवाफी फायरका क्रममा सो समूहका एक कार्यकर्ता घाइते भएका छन् । उनी भोजपुरका ३२ वर्षीय तिर्थराज घिमिरे रहेको समेत प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप