मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ढकाल थाइल्याण्डका लागि आवासीय राजदूत नियुक्त

मङ्गलबार, ०७ जेठ २०७६, २२ : ११
मङ्गलबार, ०७ जेठ २०७६

काठमाडौं-परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम उनलाई मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । गत पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले थाइल्याण्डसँगै विभिन्न देशमा रिक्त राजदूत पदमा नियुक्तिको सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप