यही अवस्थामा अमेरिकासँग वार्ताको सम्भावना छैन ः रौहानी
तेहरान इरानका राष्ट्रपति हसन रौहानी वर्तमान् राजनीतिक अवस्थामा संयुक्त राज्य अमेरिकासँग वार्ता हुनसक्ने सम्भावना नरहेको बताउनुभएको तस्निम न्यूज एजेन्सीले मङ्गलबार बताएको छ ।
अमेरिकासँगको विवादास्पद बिषयमा इरानी कूटनीतिक पहल जारी राखेको बताउँदै इरान अमेरिकासँग यही अवस्थामा वार्ता गर्ने पक्षमा नरहेको राष्ट्रपति रौहानीले बताए ।
“आजको वातावरण वार्ताका लागि अनुकुल छैन । अहिलेको अवस्थामा हाम्रो स्थिति ‘प्रतिरोधी र दृढ’ रहने छ,” राष्ट्रपति रौहानीले भने ।
“सम्पूर्ण इरानी जनताबीचको एकता र धीरताले मुलुककमा वासिङ्टनका कारण सिर्जना भएको आर्थिक चुनौतिलाई परास्त गर्नुपर्छ,” उनले भने ।
गत हप्ता इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले पनि विवादास्पद बिषयमा तत्काल अमेरिकासँग वार्ता नहुने बताएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा अमेरिका लगायतका विश्व शक्ति राष्ट्रहरूबीच भएको इरानसँगको आणविक सम्झौताबाट फिर्ता हुने घोषणा र इरानमाथि नयाँ प्रतिबन्धको घोषणापछि अमेरिका र इरानबीचको तनाव बढेको हो ।
वासिङ्टनले इरानसँग चार बर्ष पहिले भएको सम्झौता अमेरिकी हितमा नभएको निष्कर्षसहित इरानी हतियार नियन्त्रणका लागि पुनः सम्झौता गर्नुपर्ने अडान प्रस्तुत गर्दै आएको छ भने इरान लगायत सम्झौताका अन्य हस्ताक्षरकर्ता राष्ट्रहरू पूरानै सम्झौतालाई जोगाउनु पर्ने बताउँदै आएका छन् ।
अमेरिकाले इरानी हतियारप्रतिको मोहका कारण मध्यपूर्वमा सुरक्षा चुनौति बढेको बताउँदै आएको छ । -सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने