तत्कालीन राजा वीरेन्द्र र परिवारका नाममा खर्बौं सम्पत्ति, थोरै मात्र उपयोग
तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर थोरैको मात्र उपयोग भएको छ । काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ ।
अधिकांश राजाकै पालामा प्रतिष्ठानलाई दिइएको थियो । वीरेन्द्रको सम्पत्ति संरक्षणको जिम्मा पाएको नेपाल ट्रस्टले लिजरभाडाबापत बर्से्नि ७ करोड रुपैयाँ उठाउँदै आएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।
राजा वीरेन्द्रकै पालादेखि लिजमा लिएका धेरैजसोको अवधिसमेत सकिन लागेको छ। ‘धेरैमा ६र७ वर्ष छ, केहीको सकिनै लागिसकेको छ’, ट्रस्टका सूचना अधिकारी अमृत महर्जनले बताए । ०६४ सालमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनको परिवारको सम्पत्ति राष्ट्रियकरण गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा उपयोग गर्ने भनिए पनि व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानका लिजको अवधि बीचमा थपिएको थियो ।
उनका अनुसार गोकर्ण फरेस्ट रिसोर्टले सबैभन्दा बढी रकम तिरिरहेको छ। २ हजार ९ सय ७१ रोपनी ६ आना ३ पैसा १ दाम उपयोग गरिरहेको उसले वार्षिक २ लाख ४० हजार अमेरिकी डलर (२ करोड ६४ लाख रुपैयाँ) ट्रस्टलाई बुझाउँछ । एलएम सुविर ब्रदर्श (नेपाल) प्रालि र यति होडल्डिङ्स प्रालिले सन १९९५ अगस्ट १६ देखि २०२५ अगस्ट १५ सम्म ३० वर्ष लिजमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी