आमिर खानका भाञ्जा इमरान खानको सम्बन्धविच्छेद ?
बुधबार, ०८ जेठ २०७६, ०८ : ०८
बलिउडका ‘मिस्टर परफेक्सनिष्ट’ भनिने आमिर खानका भाञ्जा इमरान खानको श्रीमती अवन्तिका मलिकसँग सम्बन्धविच्छेद हुन लागेको खबर विभिन्न भारतीय मिडियाले प्रकाशित गरेका छन् ।
भारतीय मिडियालाई विश्वास गर्ने हो भने इमरान र अवन्तिकाको सम्बन्ध ‘ब्रेकअप’ को स्थितीमा पुगिसकेको छ । इमरानकी श्रीमती अवन्तिका इमरानको घर छोडेर छोरी इमारासँग माइतीमा बसिरहेको खबर प्रकाशित भएको छ ।
यसबारे इमरान र अवन्तिकाबाट कुनै आधिकारिक बयान सार्वजनिक भएको छैन ।
आठ वर्षअघि सन् २०११ मा यी दुईले भव्य विवाह गरेका थिए । विवाह हुनुअघि यी दुई थुप्रै वर्षसम्म प्रेम सम्बन्धमा भएको पनि बताइन्छ । उनीहरुको सम्बन्धबारे अत्यधिक चर्चासमेत हुने गर्दथ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै