शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के भारतीय वायुसेनाले आफ्नै हेलिकोप्टर खसालेको थियो ?

बुधबार, ०८ जेठ २०७६, ०८ : ५०
बुधबार, ०८ जेठ २०७६

भारतीय वायुसेनाले श्रीनगर एयर बेसका एयर अफिसर कमान्डिङ (एओसी) लाई हटाएको छ । यी वरिष्ठ अधिकारीलाई श्रीनगर नजिकै २७ फेब्रुअरीमा एमआई–१७ को दुर्घटनापछि हटाइएको हो ।

यो मामलाबारे कोर्ट अफ इन्क्वायरी पनि चलिरहेको छ । अहिलेसम्म अन्तिम रिपोर्ट सुम्पिएको छैन । यो मामलामा भारतीय वायुसेनाले केही टिप्पणी गर्न अस्विकार गरेको छ ।

२७ फेब्रुअरीमा भारत र पाकिस्तानको जेट एक–अर्काविरुद्धको अभियानमा समावेश थियो । रुस निर्मित एमआई–१७ हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो । यो हेलिकोप्टरमा सवार सबै ६ जना मारिएका थिए ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने भारतीय वायुसेनाले गल्तीपूर्वक आफ्नै मिसाइलले यो हेलिकोप्टर खसालेको थियो ।

यो मामलामा आपराधिक मुद्दा चलाउने कुरा पनि सार्वजनिक भइरहेको छ । भारतीय वायुसेना यो मामलामा कुनै पनि सहानुभूति देखाउने मुडमा छैन । प्राथमिक अनुसन्धानमा पत्ता लागेअनुसार यो मामलामा विभिन्न गल्ती भएका छन् ।

उदाहरणका लागि एयर ट्राफिक कन्ट्रोलले हेलिकोप्टरलाई फिर्ता बोलाएको थियो जबकी भारत र पाकिस्तानबीच हवाई तनाव चरममा थियो । हेलिकोप्टर कुनै सुरक्षित इलाकामा जानुपर्दथ्यो । तनावको बीचमा बेसतर्फ आउँदै गरेको हेलिकोप्टरमाथि भारतीय वायुसेनाकै निशानामा पर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप