चलचित्र पत्रकारिता राष्ट्रिय पुरस्कारबाट रातोपाटीकर्मी गिरी सम्मानित
काठमाडौं । रातोपाटीकर्मी कुबेर गिरी ‘चलचित्र पत्रकारिता राष्ट्रिय पुरस्कार २०७५’बाट पुरस्कृत तथा सम्मानित भएका छन् । चलचित्र पत्रकार संघले मंगलबार साँझ राजधानीमा आफ्नो २०औं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा गिरी पुरस्कृत तथा सम्मानित भएका हुन् ।
कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटा, चलचित्र बिकाश बोर्डका अध्यक्ष केसव भट्टराई, अभिनेत्री करिष्मा मानन्धर, पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा, संघका अध्यक्ष संन्दिप सापकोटा, पुर्व अध्यक्ष बिदुर गिरी लगायतले गिरीलाई नगद २१ हजारसहित ट्रफी, माला, खादा सहित पुरस्कृत गरेका थिए । करिब दुई दशकदेखि मनोरन्जन पत्रकारितामा क्रियासिल गिरीको योगदानको कदर गर्दै उक्त सम्मानका रुपमा पुरस्कृत गरिएको हो ।
कालोपुलस्थित हिरारत्न कम्पेलक्समा आयोजित एक विशेष समारोहमा संघले इमेज एफएममा कार्यरत नरेश भट्टराई र भिजन संसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७५ समेत प्रदान गरेको थियो, भने एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार समेत प्रदान गरेको थियो ।
सो अवसरमा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेलले चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७५ प्राप्त गरे । उनलाई ल्यापटप सहित उक्त पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा मन्त्री बास्कोटाले चलचित्र क्षेत्रमा बक्सअफिस लागू
गर्न आफु कटिवद्ध रहेको बताए । ‘चलचित्र क्षेत्रका लागि फिल्मसिटी आवश्यक रहेको छ’ मन्त्री बास्कोटाले ‘त्यसका लागि औद्योगिक क्षेत्र भित्र रहेको चलचित्र बिकाश कम्पनीमा फिल्म सिटी तयार गर्न निर्देशन दिइसकेको छु ।’ मन्त्री बास्कोटाले आफ्नो कार्यकालमा चलचित्र क्षेत्रको हित हुने काम आफुले गर्ने भन्दै चलचित्रकर्मीलाई जानकारी दिए
कार्यक्रममा विकास बोर्ड अध्यक्ष केशब भट्टराईले यो असार भित्र बक्स अफिस पुर्ण रुपमा लागु गर्ने बताए ।
अभिनेता भुवन केसी, अभिनेत्री करिश्मा मानन्धर, कलाकार दीपकराज गिरी, संघका पूर्व अध्यक्ष विदुर गिरी, निर्माता माधव वाग्ले, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठलगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा निर्देशक तथा कलाकार दीपाश्री निरौला, उत्तम केसी, केदार घिमिरे, रमेश उप्रेती, सलोन बस्नेत, निता ढुङ्गाना, केकी अधिकारी, वेनिसा हमाल, निर्मल शर्मा, निर्देशक प्रदिप भट्टराई, सोभित बस्नेत, निर्माता सुनिलकुमार थापा, गोपाल कायस्थ, गोविन्द शाही गायक युवराज चौलागाईंलगातका चलचित्रकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
दीप ज्योती थापाले संचालन गरेको कार्यक्रममा संघले २० औ स्थापना दिवसको अवसर पारेर केट समेत काटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न थप निकायलाई परिपत्र
-
गण्डकीको संसद् बैठक अनिश्चितकालका लागि स्थगित
-
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखविरुद्ध खनियो कांग्रेस
-
भारतमा लोकसभा निर्वाचन : मणिपुरमा गोलाबारी, बंगालमा हिंसा
-
गरिमा विकास बैंक र टानगण्डकीबिच व्यवसायिक सम्झौता
-
कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण