शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती राज परिवारलाई सोसल मिडिया म्यानेजरको खाँचो, तलब ४२ लाख बढी

बुधबार, ०८ जेठ २०७६, १० : ४८
बुधबार, ०८ जेठ २०७६

बेलायती महारानी एलिजाबेथ द्वीतीयलाई सोसल मिडिया म्यानेजरको आवश्यकता परेको छ । जागिरका लागि राजपरिवारको तर्फबाट जब लिस्टिङ वेबसाइटमा विज्ञापन दिइएको छ । जब लिस्टिङ वेबसाइटका अनुसार डिजिटल कम्युनिकेशन अफिसरले महारानीको लागि काम गर्नुपर्नेछ । उनले महारानीको उपस्थितीलाई सार्वजनिक र अन्तरराष्ट्रिय मञ्चमा स्थापित गर्नका लागि नयाँ तरिका खोज्नुपर्ने हुन्छ ।

जागिरको विज्ञापन https://theroyalhousehold.tal.net मा दिइएको छ । वेबसाइटका अनुसार डिजिटल कम्युनिकेशन अफिसरको तलब वार्षीक ३० हजार पाउन्ड (४२ लाख रुपैयाँ बढी) हुनेछ । उनले सोमबारदेखि शुक्रबार हप्तामा ३७.५ घण्टा काम गर्नुपर्नेछ । साथै, उनलाई वर्षमा ३३ दिनको छुट्टी र दिउँसो खाजा निःशुल्क दिइनेछ । यो जागिर बकिंघम प्यालेसका लागि हुनेछ ।

सोसल मिडियामा आउने खबरको व्यवस्थापन गर्नुपर्नेछः

अफिसरले डिजिटल र सोसल मिडियामा हरेक दिन आउने खबरको व्यवस्थापन गर्नुपर्नेछ । यसका साथै केही डिजिटल प्रोजेक्टमा पनि काम गर्नुपर्नेछ । उनले डिजिटल मिडिया विशेषज्ञको सानो टिमसँग काम गर्नुपर्नेछ । साथै, सोसल मिडिया र डिजिटल प्लेटफर्मका लागि कन्टेन्ट लेख्नुपर्नेछ । ती व्यक्तिले राज परिवारसँग जोडिएका सबै गतिविधीमाथि नजर राख्नुपर्नेछ । आवेदको अन्तिम मिति २२ मे (आज) हो ।

योग्यताः

–ग्रेजुएशनको डिग्रीका साथै वेबसाइटको व्यवस्थापनको अनुभव

–सोसल मिडिया व्यवस्थापनमा विशेषज्ञता

– डिजिटल र सोसल मिडियामा कन्टेन्ट लेखेको अनुभव

– कन्टेन्ट मेनेजमेन्ट सिस्टममा काम गरेको अनुभव

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप