मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

गोगंबुबाट सालकको खपटासहित ४ जना पक्राउ

बुधबार, ०८ जेठ २०७६, १० : ५४
बुधबार, ०८ जेठ २०७६

काठमाडौं । प्रहरीले सालकको खपेटासहित ४ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा उनीहरुलाई गोंगबुस्थित बिजी मल अगाडिबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 

गोगंवु एरियामा केहि व्यक्तिले दुर्लभ वन्यजन्तु सालक ओखटो ओसारपसार गर्छन् भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोली परिचालन भई खोजतलास गर्ने क्रममा बिजी मल अगाडिबाट पक्राउ गरिएको उनले बताए । 

प्रवक्ता बोगटीले विजी मल अगाडी शंकास्पद अवस्थामा कालो झोला बोकी ४ जना हिँडिरहेको अवस्थामा फेला परेका उनीहरुको साथबाट प्रतिवन्धित सालकको खपटा अन्दाजी ३ किलो फेला परेको बताए । 

उनीहरुलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसरवाट थप अनुसन्धान भईरहेको अनुसन्धान पश्चात कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार पठाईएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप