मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

लागुऔषध सहित दुई जना पक्राउ

बुधबार, ०८ जेठ २०७६, १२ : १६
बुधबार, ०८ जेठ २०७६

बुटवल– पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार कास्कीको पोखरा उपमहानगरपालिका १९ प्रगतिनगर बस्ने ३२ बर्षका विमल गुरुङलाई रामग्राम नगरपालिका १२ को हुलाकी सडक खण्डबाट र नवलपरासीको रामग्राम ७ उजेनीका २६ बर्षीय रोशन आचार्यलाई पाल्हिनन्दन गाउँपालिका ५ भगतपुरवाबाट नियन्त्रणमा लिएको हो ।

गरुङको साथबाट नुफिन ५३ एस्पुल, फेनारगन ५३ एमपुल, डाईजापाम ५३ एमपुल र थान १ सिरिङ्ग लागुऔषध फेला पारेको र रोशन आचार्यको साथबाट नाइलइयाट १० नामक ट्याभलेट ३०० पिस लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । प्रकाउ कारवाही अगाडि बढाइएको प्रहरीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप