बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नागढुङ्गाबाट १५ किलो चरेससहित ३ जना पक्राउ

बुधबार, ०८ जेठ २०७६, १२ : २५
बुधबार, ०८ जेठ २०७६

नागढुंगाबाट १५ किलो चरेससहित तीनजना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत थानकोट र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।

बुधबार धादिङको गजुरीबाट चरेस मगाएको भन्ने सुराकीको आधारमा सिन्धुपाल्चोक घर भएका दिनेश कार्की, सुनिता तिमल्सिना र विश्वास थापा पक्राउ परेका महानगरीय प्रहरी परिसरका प्रवक्त डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए । 

तस्करले प्रयोग गर्ने गरेको २२० सीसीको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर ल्याएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप