विवेकको ट्वीट देखेर रिसाए अभिषेक बच्चन, कडा जवाफ दिन खोज्दा ऐश्वर्याले रोकिन् !
विवेक ओबरोयले ऐश्वर्या राय बच्चनको विषयमा गरिएको मिम आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गरेका थिए जसमा बबाल मच्चियो । यो मुद्दामा महिला आयोगदेखि विभिन्न बलिउड सेलिब्रिटी उत्रिए र ट्वीटरमा विवेकलाई निकै ट्रोलसमेत गरियो । अत्यधिक विवाद बढेपछि विवेकले माफी त मागे तर उनको यो व्यवहारबारे अझै प्रतिक्रिया आउन रोकिएको छैन । अहिलेसम्म यो विषयमा बच्चन परिवारबाट कसैको पनि प्रतिक्रिया आएको छैन तर रिपोर्ट अनुसार जे भयो त्यसले सबैजना दुःखी छन् ।
अभिषेक बच्चनलाई निकै रिस उठ्योः
रिपोर्टका अनुसार अभिषेक आफ्नी श्रीमती ऐश्वर्याको अपमानका कारण निकै रुष्ट छन् । साधारणतया निकै शान्त देखिने अभिषेकले विवेकलाई कडा जवाफ दिन तयार भइसकेका थिए तर ऐश्वर्याले उनलाई शान्त बस्न आग्रह गरेको बताइन्छ ऐश्वर्या कान्स फिल्म फेस्टिबलमा भाग लिन फ्रान्समा भएका बेला उनीबारे यस्तो मिम आएको हो । उनले फ्रान्सबाटै अभिषेकलाई यसबारे प्रतिक्रिया नदिन र नरिसाउन आग्रह गरिन् ।
ऐश्वर्याका अनुसार विवेक आफ्नो नयाँ फिल्म नरेन्द्र मोदी बायोपिकका लागि मानिसहरुको ध्यान खिच्न चाहन्छन् त्यसकारण यस्तो गरिरहेका छन् । उक्त ट्वीटको प्रतिक्रिया दिएर उनलाई थप चर्चित नबनाउ भन्दै ऐश्वर्याले अभिषेकलाई सम्झाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु