बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

किशोरीसँग यौनसम्बन्ध स्थापित गर्न विमानलाई ‘अटो मोड’ मा छोडे, हुनसक्छ पाँच वर्षको सजाय

बुधबार, ०८ जेठ २०७६, १३ : २०
बुधबार, ०८ जेठ २०७६

अमेरिकाको एक करोडपतीलाई विमानमा किशोरीसँग सम्बन्ध स्थापित बनाएको मामलामा पाँच वर्षको जेल सजाय हुनसक्ने अनुमान गरिएको छ । उनले १५ वर्षकी किशोरीसँग यौन सम्बन्ध स्थापित गर्न नीजि विमानलाई ‘अटो पाइलट मोड’ मा छोडेका थिए । उनी किशोरीलाई पाइलटको तालिम दिइरहेका थिए । उनले ती किशोरीलाई लाइसेन्स दिलाउने बचन पनि दिएको बताइन्छ ।

सन् २०१७ मा दुई पटक विमानमा सम्बन्ध बनाएका थिएः

अदालतले स्टिफन ब्रेडली मेल ,५३, लाई गत वर्ष डिसेम्बरमा विमानमा अवैध यौन आचरण र चाइल्ड पोर्नोग्राफीमा लिप्त भएकोमा दोषी ठहर गरेको छ । स्टिफन न्यूजर्सीमा बस्छन् । स्टिफनले सन् २०१७ मा दुई पटक विमानमा किशोरीमाथि यौन सम्बन्ध स्थापित गरेको आरोप लागेको छ । त्यसपछि उनीहरुलाई गर्भनिरोधक औषधी खानका लागि पनि सल्लाह दिएको बताइन्छ ।

ब्रोकरेज फर्मका मालिक हुन् दोषीः

मिडिया रिपोर्टका अनुसार स्टिफन एक ब्रोकरेज फर्मका मालिक हुनुका साथै तीन बच्चाका पिता हुन् । उनले एयर लाइफलाइन नामबाट च्यारिटीको सुरुवात गरेका थिए । यसमार्फत् उनी बच्चालाई उपचारका लागि अमेरिकाका विभिन्न शहरमा पुर्याउँथे ।

पाइलटको तालिम लिइरहेकी थिइन् किशोरीः

किशोरीकी आमाको आरोप अनुसार स्टिफन उनकी छोरीलाई पाइलटको तालिम दिने भन्दै सँगै लिएर गएका थिए । उनी एक च्यारिटी चलाउँछन् र उनको घरमा हेलिप्याड बनाइएको छ । स्टिफनले छोरी १६ वर्ष पुग्नेबित्तिकै उनलाई पाइलटको लाइसेन्स दिलाउने आश्वासन दिएको आमाले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप