बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘भायनेट क्रिकेट वर्ल्ड कप मेनिया’, इन्टरनेट र टीभीको सेवामा भारी छुट

बुधबार, ०८ जेठ २०७६, १३ : २५
बुधबार, ०८ जेठ २०७६

काठमाडौं– नेपालको पहिलो र बिशाल फाईबर टु दि होम (एफटीटीएच) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले  नयाँ अफर सार्वजनिक गरेको छ । भायनेटले यही जेठ १६ गतेदेखि संचालन हुने क्रिकेट वर्ल्ड कपलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि “भायनेट क्रिकेट वर्ल्ड कप मेनिया” नामक नयाँ अफर ल्याएको छ । 

यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले इन्टरनेट र टी.भी.को सेवा उपभोगमा अतिरिक्त स्पिड र भारी छुट प्राप्त गर्न सक्नेछन् । इन्टरनेट र टी.भी.को वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत ६ हजार क्यास ब्याक र ४३ इन्चको एल. जी. स्मार्ट एलईडी टी.भी. जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

विगत १९ वर्षदेखि भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्दै आइरहेको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल विरगंज, बिराटजगर, बुटवल, भैरहवा, धनगढी, डडेलधुरा, बनेपा, चितवन र हेटौंडामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टी.भी. सेवा सुचारु गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप