सुन चाँदी पसलको सटर फोड्दै गरेको अवस्थामा ७ जना पक्राउ
बुधबार, ०८ जेठ २०७६, १३ : ४७
कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित गौतम कुमार बिकको सुनचाँदी पसलको सटर फोड्दै गरेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।
पसलको सटरको ताल्चा फोड्दै गरेका भारत मोतीहारी घोडा सहनी घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरामा सिरक डसना बनाई बस्ने १९ वर्षीय लड्डु कुमार सहित ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी विट मुलपानीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट सुन जस्तो देखिने पहेँलो धातु अन्दजी २२ लाल, चाँदी जस्तो देखिने सेतो धातु २ केजी, सटर काट्न प्रयोग गर्ने सलाई रेन्च २
थान तथा करिब १ लाख ४९ हजार रुपैयाँ बराबरको चोरी गरेको धनमाल समेत बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध लगिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा