बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाँचथर सामूहिक हत्या प्रकरण : गृहमन्त्री थापा भन्छन् – तथ्य छिट्टै सार्वजनिक गरिनेछ

बुधबार, ०८ जेठ २०७६, १४ : ४७
बुधबार, ०८ जेठ २०७६

गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको ९ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । 

गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रियसभाको बैठकमा सो विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै सो हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । 

उनले सो हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न पनि स्थानीयलाई आह्वान गरेका छन् । गृहमन्त्री थापाले सो घटनामा संलग्न ९ जना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका अर्का एक जनाको शव पनि पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको पनि जानकारी दिए । 

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोली नै घटनास्थल पुगेको छ ।  सो घटनामा भागेर बाँच्न सफल १३ वर्षीय बालिका सीता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भइरहेको र उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि गृहमन्त्री थापाले बताए ।

गत सोमबार राति भएको सो सामूहिक हत्या प्रकरणमा ससुरा बमबहादुर फियाक र ज्वाई धनराज शेर्मा परिवारका नौ जनाको विभत्स हत्या भएको थियो । 

सो नांै जनाको सामूहिक हत्या गरिएको २ दुई घण्टाको पैदल दुरीमा ज्वाइँ मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । 

प्रहरीले पारिवारिक रिसइवीका कारण माखिमलेनै हत्या गरेको हुन सक्ने आशंका गर्दै छानवीन प्रक्रियालाई अघि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप