शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामूहिक हत्याकाण्डको गहिरो छानबिन गर्न काँग्रेसको माग

बुधबार, ०८ जेठ २०७६, १७ : ०४
बुधबार, ०८ जेठ २०७६

काठमाडौँ– पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुबोटेमा ९ जनाको सामुहिक हत्या भएको घटनालाई गम्भीरतापूर्वक लिंदै घटनाको गहिरो र गम्भीर छानविन गर्न सरकार समक्ष माग गरेको छ ।

घटना भएको दोस्रो दिन आफ्ना प्रतिनिधि घट्नास्थल पठाउदै काँग्रेसले गहिरो छानविन गर्न माग गरेको हो । यस्तै काँग्रेसले पार्टीका प्रतिनिधिहरु घटनास्थलमा समेत पठाएको छ ।

केन्द्रीय सदस्य भिष्मराज आङ्दम्वे, प्रवक्ता विश्वप्रकाश शर्मा र पाँचथर सभापति नरेन्द्र केरुङ लिम्बूलाई पार्टीको प्रतिनिधित्व गर्दै घटनास्थल पठाएको र उनीहरु बुधबारै घट्नास्थल पुगेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

यसैबीच काँग्रेसले अनशनरत नर्सका मागप्रति काँग्रेसले समर्थन जनाउदै सम्बोधन गर्न सरकारसँग माग गरेको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै नर्सहरुका मागबारे हालसम्म पनि राज्यबाट सम्बोधन नभएकोमा काँग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

‘अनशनको १४ औं दिन वितिसक्दा सम्म पनि अनशनरत जिता बरालको मागहरुलाई सरकारबाट सुनुवाई नहुनु दुःखद पक्ष हो । अनशन बसेकी नर्सको स्वास्थ्य स्थिति दिनप्रति दिन विग्रदै गइरहेकोले उहाँको जीवन रक्षाको प्रमुख दायित्व राज्य पक्ष हो र यस विषयमा सरकार गम्भिर हुनु पर्दछ’ विज्ञप्तिमा भनिएको छ । 

काँग्रेसले सरकारी पक्ष र अनशनरत पक्षबीच यथाशीघ्र वार्ता गरी सम्वादको माध्यमबाट पेशागत हकहित र अधिकार सम्बन्धित सबै जायज माग पुरा गर्न सरकारलाई कांग्रेस संसदीय दलले आग्रह गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप