प्रतिभा निखार्दै मिस एसईई युनिभर्सल
काठमाडौं । ‘मिस एसईई युनिभर्सल २०१९’ का २० प्रतियोगी प्रशिक्षणमा जुटेका छन् । ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा शीर्ष उपाधि जित्ने उद्देश्यले उनीहरु प्रशिक्षणमा जुटेका हुन् ।
प्रतियोगितामा सलिना बुढाथोकी, श्रीया श्रेष्ठ, सजीना नेपाल, नम्रता थापा, ममता ओली, झरना थापा मगर, करिना मानन्धर, सञ्चिता लामा, विविशा लमिछाने, अनुजा पूरी, प्रिति खड़का, विना घले, नामग्याल तमाङ, इशा केसी, रिया गहतराज, स्नेहा लामा तमाङ, दिक्षा राई, दिक्षा ढकाल, प्रनिका श्रेष्ठ, अदीति सुनुवारलगायतका प्रतियोगी छन् ।
आकाश गिरी इभेन्ट म्यानेजर रहेको प्रतियोगिताको एसईई दिएर बसेका छात्राहरुको प्रतिभा निखार्दै उनीहरुलाई उज्योल भविश्य निर्माणका लागि बाटो देखाउने उद्देश्य रहेको ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सिईओ प्रिती कार्कीले जानकारी दिइन् ।
प्रशिक्षणका क्रममा उनीहरुले (एक्स्ट्रा काम र ट्रेनिङहरू, स्विमिङ, जूम्बा, वीर विक्रम २ चलचित्रका कलाकार पल शाह, नाजीर हुसेन, वर्षा सिवाकोटी तथा डाइरेक्टर मिलन चाम्ससँग अन्तरक्रिया) विभिन्न कलेजको भ्रमण मोटिभेशनल, सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिललगायतका प्रशिक्षण लिइरहेको कोरियोग्राफर आश्विनी झाले जानकारी दिए ।
प्रतियोगितामा शीर्षसहित विभिन्न आधा दर्जन विधामा विजेता छानिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान