शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२४ लाख बार्गेनिङ गर्दागर्दै २ जना पाटेबाघको छालासहित पक्राउ

बुधबार, ०८ जेठ २०७६, १८ : १४
बुधबार, ०८ जेठ २०७६

फुटुङ डाँडागाउँबाट प्रहरीले पाटे बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा घर भएका वर्ष २८ को होम बहादुर तामाङ र रसुवाकै वर्ष २८ को आइते तामाङ रहेका छन् । 

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको विशेष टोलीले २४ लाख बाग्रेनिङ गर्दागर्दै उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । 

गोप्य सूचनाको आधारमा बाघको छाला कारोबारी हुने गरेको खबर पाएपछि प्रहरीले नार्गाजुन जंगल नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको बालाजु वृतका प्रमुख बालनर सिहं राणाले जानकारी दिए । 

उनीहरुको साथमा ५ जना थिए । अन्य ३ जना भागेको बताइएको छ । 

पक्राउ परेका उनीहरुलाई बालाजु वृत्त ल्याई थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप