बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस सभापति देउवा आज साँझ सिंगापुर जाँदै, यस्तो छ कारण

बुधबार, ०८ जेठ २०७६, १८ : २०
बुधबार, ०८ जेठ २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर प्रस्थान गर्दै छन् ।

५ दिनका लागि श्रीमती आरजु राणा (देउवा)को साथमा सभापति देउवा साँझ ९ बजे सिंगापुर जान लागेका पार्टीका सह–महामन्त्री प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए ।

पेटको समस्याबाट पीडित देउवा नियमिति माउण्ट एलिजावेथ अस्पतालमा स्वास्थ्य जाँचका सिंगापुर जान लागेको सह–महामन्त्री महतले जानकारी दिए ।  

पेट दुख्ने तथा अपच हुने समस्या भएपछि तीन वर्षअघि पनि देउवाको सोही अस्पतालमा उपचार गरिएको थियो । 

यता देउवाको नीजि सचिवालका अनुसार एक–एक वर्षमा सोही अस्पतालका चिकित्सकसँग नियमित चेकजाँचमा जानुपर्ने भएपनि समय नमिल्दा दुई वर्षदेखि देउवा उपचारको लागि सिंगापुर जान सकेका थिएनन् । 

स्वास्थ्योपचार गरेर सभापति देउवा सिंगापुरबाट जेठ १३ गते स्वदेश फर्किने जनाइएको छ ।

सिंगापुर जानुअघि सभापति देउवाले महामन्त्री पूर्णबहादुर खड्का र सह महामन्त्री डा. महतलाई आफ्नो निवास बुढानीलकण्ठमा बोलाएर यस विषयमा जानकारी गराएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप