शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जबाट साथीको लागि ल्याइएको लागूऔषधसँगै ५ जना समातिए

बुधबार, ०८ जेठ २०७६, १९ : ०६
बुधबार, ०८ जेठ २०७६

वीरगञ्जबाट काठमाडौँ ल्याउँदै गरिएको लागुऔषध नागढुङ्गा प्रहरीले चन्द्रागिरी नगरपालिका – २ बाट बरामद गरेको छ । काठमाडौँ मुलपानी बस्ने शम्भु भनिने सोनामले मगाएको नाइट्रोभेट १२०० ट्याबलेट र खैरो हिरोइन ४.१९ ग्राम प्रहरीले बरामद गरेको हो । 

प्रहरीले ठूलो मात्रामा लागूऔधष कारोबारमा संलग्न शम्भुसहित ५ जनालाई पक्राउ गरेको छ । शम्भु र उनका साथीहरु वीरगञ्जबाट ल्याएको लागूऔषध लिन कुरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख २७४२ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको लागूऔषध बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–३२ घर भएका वर्ष २४ को अक्लेस दास थारु र सोही ठाउँका वर्ष २४ को गौरी शंकर ठाकुरलाई चेकजाँच गर्दा उनीहरुले ल्याएको कालो रङको झोलाबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । 

अक्लेस र ठाकुरको बयानको आधारमा शम्भुसहित मुलपानी बस्ने वर्ष २६ को जयकिशोर ठाकुर, वर्ष २४ को किरण लामा  र काठमाडौं बौद्व घर बताउने वर्ष २२ को रिकी लामालाई पक्राउ गरिएको प्रवक्ता बोगटीले बताए । 

रिकी लामा चाहिँ जयकिशोर ठाकुरसँग लागूऔषध नाईट्राजेपाम खरिद गर्न आएको बेला पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप