मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिल बैंक लिमिटेड र लिडरशिप एकेडेमी नेपाल बीच सम्झौता

बुधबार, ०८ जेठ २०७६, १९ : ०७
बुधबार, ०८ जेठ २०७६

काठमाडौं– सिभिल बैंकले दक्ष कर्मचारी नै सबल बैंकिङ्गको आधार मानेर कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने हेतुले लिडरशिप एकेडेमी नेपालसँग सहकार्य गर्ने भएको छ ।

“राइस युनिभर्सिटी बिजिनेस स्कूल एक्जुकेटिभ एडुकेशन” अमेरिकासँग अनुबन्धित “लिडरशिप एकेडेमी नेपाल” मानव संशाधानको वृत्ति बिकासमा केन्द्रित । तसर्थ सिभिल बैंकले आफ्ना कर्मचारीको वृत्ति बिकासको लागि यस संस्थासँग सहकार्य गर्ने सम्झौता गरेको जनाएको छ । 

सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र लिडरशिप एकेडेमी नेपालका सीटीओ अरुण जोशीले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी सिभिल बैंकद्वारा औषधोपचार बिमाको दाबी रकम भुक्तानी गरेको छ । सिभिल बैंकले केहि महिना अगाडी ल्याएको “सम्मान बचत खाता” खातामा आकर्षक ब्याजको अलावा औषोधपचार खर्चमा एक लाखसम्म र दुर्घटना मृत्युमा ७ लाखसम्मको बिमा सुबिधा प्रदान गरेको थियो ।

सिभिल बैंकले “सम्मान बचत खाता“ खोलेका ग्राहकहरुको औषोधपचार खर्च बापतको बिमा दाबी रकमको भुक्तानी गरेको हो । औषोधपचार खर्चको बिमा दाबी रकम बैंकद्वारा काठमाडौँका रिकेश शाक्य, बिराटनगरका राय चन्द बोथारा र मनोज पोखरेल र लेखनाथका पार्वती बास्तोलालाई प्रदान गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप