मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

एचआईभी संक्रमित श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण

बुधबार, ०८ जेठ २०७६, १९ : ३३
बुधबार, ०८ जेठ २०७६

पोखरा – तपाईंलाई अथवा तपाईंको परिवारको कुनै सदस्यलाईं एचआइभी संक्रमण भए के गर्नुहुन्छ ? पक्कै आफूलाईं भए कमजोर ठान्नुहुन्छ । हिम्मत हार्नुहुन्छ । परिवारको सदस्यलाईं भए हेला गर्नुहुन्छ । समाजमा आफ्नो प्रतिष्ठा गिरेको महसुस गर्नुहुन्छ ।

तर, २५ वर्षदेखि एचआइभी संक्रमित पोखराका ५६ वर्षीय गोपाल श्रेष्ठले हिम्मत नहारी विश्वकै सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका छन् । एचआइभी संक्रमित व्यक्तिले सगरमाथाको सफल आरोहण गरेको यो पहिलो रेकर्ड हो । 

पोखरा नगरपालिकाका सम्पर्क अधिकृत ज्ञानेन्द्र देउजाको भनाई अनुसार बुधबार बिहान ७ः३० बजे श्रेष्ठसहित ६ जनाको टिमले सगरमाथाको चुचुरोमा पाइला टेकेको हुन् । 

ड्रिमर्स डेस्टिनेसन ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनीका फूर्वा तेन्जिङ शेर्पाको नेतृत्वमा श्रेष्ठले आरोहण गरेको उनले बताए । 

‘एचआइभी संक्रमितले पनि केही गर्न सक्छन् है भनेर देखाउने उनको प्रयास हो,’ उनले भने, ‘यसअघि पनि प्रयास त गरेका थिए । तर, भूकम्पका कारण सफल हुन सकेका थिएनन् । यसपटक सफल भए ।’

सन् २०१३ मा विश्वका अग्ला शिखरहरु मध्येका हाई पास (थोर्राङला), सन् २०१४ मा आइसल्याण्ड पिक (६१८० मिटर), सन् २०१६ नोभेम्बरमा भर्जिन पिक (खानकार्पो) सफल आरोहण गरिसकेका गोपाल नेपाली राष्ट्रिय ए डिभिजन क्लबका पूर्व खेलाडिसमेत हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप