मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

घरभित्रै महिला असुरक्षित : सिरहामा २६ दिनमा तीन महिलाको रहस्यमय हत्या

बुधबार, ०८ जेठ २०७६, १९ : ५६
बुधबार, ०८ जेठ २०७६

सिरहा । बुहारी हत्याको सिलसिलामा सिरहामा छोरा नपाएको भन्दै एक महिलाको हत्या भएको छ । कर्जन्हा नगरापालीका–११ हटलेटवाका चन्देश्वर यादवले आफ्नै श्रीमती ३१ वर्षीया रितु यादवको घाँटी थिचेर हत्या गरेको माइतिपक्षले आरोप लागएको छ ।

मंगलबार अपरान्ह घरकै एक सदस्यले मृत अवस्थामा देखेपछि छरछिमेकलाई जानकारी गराइएको थियो । छिमेकले तत्काल प्रहरीलाई रितुको मृत्युबारे जानकारी गराएको जिल्ला पप्रहरीले जनाएको छ ।

घटना लगत्तै पुगेको प्रहरीले शंस्कास्पद मृत्यु भएको भन्दै रितुका श्रीमान चन्देश्वर यादवलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे अहिले नै केही भन्न नसकिने भन्दै रितुको हत्या भएको हुनसक्ने अनुमान गरेको छ । 

स्थानीयवासीका अनुसार, रितुले छोरा नजन्माएको कारण घरमा पटक–पटक झगडा हुने गरेको पाइएको छ । सिरहा सदरमुकामको महावीर चौक माइती भएको रितुको ९ वर्षअघि विवाह भएको थियो । उनको ६ वर्षीकी एक छोरी छिन् । त्यसपछि उनीहरुको सन्तान भएको थिएन । 

 सोही कारण उनीहरुवित पटक–पटक झडडा हुने गरेको स्थानीय किशोर यादवले जानकारी दिए । उनका अनुसार गत असोजमा ठूलै झगडा भएकाले रितु प्रहरीसम्म पुगेकी थिइन् । मंगलबार पनि उनीहरुबीच झगडा भएको जनाएको छ । 

रितुको माइतीपक्षले छोरीको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहामा चार जनाविरुद्ध उजुरी दिएका छन् । 

यसअघि वैशाख २० गते सिरहा नपा–१४ खिरौनाका २१ वर्षीय मनिषा कुमारी मण्डलको पनि हत्या भएको थियो । दाइजोको कारण हत्या गरेको कनिषाको माइतीले आरोप लगाएको छ । 

राती उनको श्रीमान रामरेश मण्डल पनि सँगै सुतेका थिए । विहान २ बजेतिर उनको मृत्यु भएको भन्दै उनले नै प्रहरीलाई खवर गरेका थिए । 

सिरहाकै गोलबजार नपा–८ भाईजीटोल माइती रहेकी मनिषाको गत फागुनमा मात्र रामरेशसँग विवाह भएको थियो । उनलाई कवोलेको चार आना सुन नदिएको कारण छोरीको हत्या गरेको मनिषाको बाबु रघुनाथ मण्डलले आरोप लगाएका छन् । 

उनले छोरीको हत्या आरोपमा रामरेशसहित चार जना उपर मुद्धा दायर गरेको छ । प्रहरीले रामरेश र उनको आमालाई अनुसन्धानको लागि थुनामा राखेको जनाएको छ । 

त्यसैगरी, वैशाख १३ गते मिर्चैया नपा–८ अरंगका कञ्चन कुमारी मण्डलको पनि रहस्यमयी मत्यु भएको छ । कञ्चनको आगो लगाई हत्या भएको हो । 

आगलागीबाट गम्भीर घाइते भएकी कञ्चनले मृत्युअघि उपचारको क्रममा आफ्नै श्रीमान बेजु मण्डलले जलाएको भन्ने बयान प्रहरीमा दिएको जनाइएको छ । 

तर, स्थानीय भने उनको श्रीमान करिव ३ महिना पहिला नै रोजगारीको लागि भारतको अहम्दावाद गएको बताउँछन् । उनको माइती पक्षले ज्वाइँको अन्य महिलासँग नाजायज सम्वन्ध रहेकोले छोरीसँग पटक–पटक झैझगडा हुने गरेकोले उनीहरुले नै हत्या गरेको आरोप लगाएको छ । 

उनको बुबाले ज्वाइँले हत्याको दुई दिनअघि फोन गरेर घरमा आउन भनेका थिए । तर दोस्रो दिन नै छोरीलाई आगो लगाए हत्या गरेको आरोप लगाएको छ । 

हत्या आरोपमा प्रहरीले कञ्जनको सासु सुर्जिदेवी मण्डल र नन्द सुनिता मण्डललाई पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधवराज खरेलले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप