बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विवाहको प्रश्नमा बोले सलमान खान ‘२३ मे (आज) बताउनेछु आफ्नो विवाहको मिति’

बिहीबार, ०९ जेठ २०७६, १० : ३२
बिहीबार, ०९ जेठ २०७६

५३ वर्षका सलमान खान अहिले पनि अविवाहित छन् । उनले विवाहबारे पटकपटक आफ्नो धारणा व्यक्त गर्ने गर्छन् । हालै मुम्बई मिररसँगको एक अन्तरवार्तामा सलमानले ठट्यौली पारामा पुनः विवाहको कुरा गरेका छन् ।

वास्तवमा सलमानलाई जब उनको विवाहको योजनाबारे प्रश्न सोधियो तब उनले विवाहको मिति २३ मेमा घोषणा गर्नुपर्ने बताएका थिए । सलमान त्यसपछि आफ्नै ठट्टामा हाँस्न थाले । स्मरण रहोस्, २३ मे अर्थात् आज लोकसभाको चुनावको नतिजा आउँदैछ ।

यस्तै, केही दिनअघि सलमानले आफू पिता बन्ने विषयमा धारणा राखेका थिए । उनले भनेका थिए, ‘मलाई बच्चा चाहिन्छ तर बच्चासँग आमा पनि आउँछन् । मलाई आमा चाहिँदैन तर बच्चालाई आमा चाहिन्छ । तर मसँग धेरै मानिसहरु छन् जसले उनको हेरविचार गर्न सक्छन् ।’

यसै अन्तरवार्तामा सलमानले विवाहबारे कुनै सोच नभएको स्पष्ट पारेका छन् । यद्यपी, उनी सरोगेसीमार्फत् बच्चा चाहन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप