बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चुरोटको धुँवाभन्दा खतरनाक हुन्छ धूप

बिहीबार, ०९ जेठ २०७६, १० : ५९
बिहीबार, ०९ जेठ २०७६

नेपालीहरुको घरमा सामान्यताः पूजाआजा गर्ने गरिन्छ । पूजा आरधना गर्दा धूप अनिवार्य बाल्ने प्रचलन छ । यसको सुगन्धले घरलाई शुद्ध बनाउँछ भन्ने परम्परा रहेको छ । हिन्दु धर्मालम्बीहरुमा विशेषतः धूप बालेर भगवान्लाई खुशी बनाउँन सकिन्छ भन्ने विश्वास पाइन्छ । 

तर, चीनमा गरिएको एक अनुसन्धानले अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा पनि खतरनाक हुने बताएको छ । धूपमा हुने पोलीएरोम्याटिक हाइड्रोकार्बनले दम, क्यान्सर, टाउकोको रोग र खोकी जस्ता बिरामी गराउँने बताइएको छ । 

चिनियाँ अध्ययनको अनुसार चुरोटको तुलनामा धूपको धुँवामा धेरै रसायन पाइन्छ । धूपबाट निस्कने सुगन्धित धुँवामा मसिना मसिना पार्टिकल कण हुन्छन् जुन कणहरु मानव स्वास्थ्यको लागि निकै विषालु हुन्छ ।

अनुसन्धानमा बताएअनुसार धूपबाट निस्कने धुँवामा म्यूटेजेनीक, जीनोटोक्सीक र साइटोटोक्सीक जस्ता विषालु तत्वहरु हुन्छन् । जसले गर्दा क्यान्सर बढ्ने सम्भावना बढी हुन्छ । 

यसैगरी, उक्त धुँवाले सास नलीमा जलन पनि पैदा गर्छ । यस्तो धुँवा फोक्सोमा अड्किने र इन्फ्लेमेटरी रियाक्शन गर्छ । 

त्यस्तै, धुँवामा भएको खतरनाक केमिकलले डीएनए पनि बदल्न सक्छ । यसमा हुने नाइट्रोजन र सल्फर डाइअक्साइड जस्ता ग्यासले दमको समस्यासँगै सास लिन पनि असहज गराउँछ । धूपबाट निस्कने धुँवामा कार्बनमनोअक्साइले फोक्सोमा असर गर्नुका साथै ज्वरो  र कपको समस्या पैदा गर्छ । यसैगरी, आँखा र मुटुको लागि पनि धूपको धुँवा निकै खतरनाक मानिन्छ । धूपको धुँवामा लगातार सास लिँदा हृदयघातको सम्भावना हुन्छ । भने यसमा भएको हानिकारक केमिकलले आँखा चिलाउने , पोल्ने जस्ता समस्या देखापर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप