शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश पाँचको नीति कार्यक्रम आज सार्वजनिक

बिहीबार, ०९ जेठ २०७६, १२ : ०२
बिहीबार, ०९ जेठ २०७६

बुटवल –प्रदेश नम्बर पाँचको नीति कार्यक्रम आज प्रदेश सभाको बैठकमा प्रस्तुत हुँदैछ ।

आज अपरान्ह ३ बजे बोलाइएको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७६।०७७ को लागि नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ ।

मन्त्रीपरिषदको मंगलवार बसेको बैठकले आज पेश हुने नीति कार्यक्रम पारित गरी प्रदेश प्रमुख उमाकान्त झालाई नीति कार्यक्रम वाचनका लागि अनुरोध गर्ने निर्णय गरेको थियो।

आगामी आर्थिक वर्षको नीति कार्यक्रममा चालु आर्थिक वर्षमा समावेश भएका कार्यक्रमलाई निरन्तरता दिनुका साथै प्रदेश योजना आयोगले तयार पारेको आवधिक योजनाका आधारमा कार्यक्रमहरु  समेटिने बताइएको छ । कृषि, पर्यटन , लाई बिशेष ध्यान दिने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप