बेमौसममा भारतीय पर्यटकको भर
चितवन–तेस्रो मुलुकका पर्यटक कम आउने यो मौसममा भारतीय पर्यटकले धानेको छ । भारतमा उच्च गर्मी हुनु र भर्खर निर्वाचन सकिनुले पनि यहाँ भारतीय पर्यटकको आगमन बढेको हो ।
व्यवसायीका अनुसार अहिले यहाँका पर्यटकीय क्षेत्रमा अधिकांश पर्यटक भारतीय छन् । त्यसका अतिरिक्त चिनियाँ र आन्तरिक पर्यटक छन् । क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहा क्षेत्रमा यतिबेला न्यून पर्यटक छन् । तीमध्ये अधिकांश भारतीय हुन् ।
भारतको सीमाक्षेत्रका प्रमुख शहरसँगै कोलकाता, लखनऊ, कानपुर, पटना, गुजरात, दिल्लीलगायतका क्षेत्रबाट बढी पर्यटक आउने गरेको उनले बताए । नेपाली सीमाक्षेत्रका बजारमा बसेर भोलिपल्ट दिउँसो यहाँ आइपुग्ने गरी भारतीय पर्यटक आउने गरेका छन् ।
उनीहरुले यहाँ रहँदा चितवन राष्ट्रिय निकुञ्जलगायत यस क्षेत्रका धार्मिक पर्यटकीय गन्तव्यमा रमाउने गर्दछन् । पवित्र तीर्थस्थल देवघाट, त्रिवेणीधाम, शाश्वतधामलगायतका धार्मिकस्थलमा भारतीय जाने गरेका छन् । घिमिरेले दैनिक ६०० हाराहारीमा पर्यटक आएको बताए । मेको अन्तिम सातादेखि अगस्तसम्म पर्यटक कम आउने गर्दछन् ।
सौराहाको सेभेनस्टार र होटल वेष्टउड सञ्चालन गर्दै आउनुभएका माधव दुवाडीले अहिलेको बुकिङको अधिकांश पर्यटक भारतीय रहेको बताए ।
सौराहा देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ ११० होटलमा पाँच हजार ५०० कोठा छन् । सौराहाका अलवा चितवनमा भरतपुर, जगतपुर, पटिहानी र मेघौलीमा पनि पर्यटकीय होटल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ