शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साँढेलाई जोगाउने खोज्दा बस ट्रकसँग ठोक्कियो– दुईको मृत्यु, २३ घाइते

शुक्रबार, १० जेठ २०७६, ०८ : २४
शुक्रबार, १० जेठ २०७६

सिरहा–पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका १०स्थित प्रयागपुर चोकमा  बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । 

  ना ८ ख ९८२ नम्बरको प्राइम बस झापाको भद्रपुरबाट काठमाडौं जाँदै थियो । सोही क्रममा विपरित दिशाबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए । 

बसले सडकमा रहेको साँढेलाई जोगाउने क्रममा दुर्घटना भएको जिल्ला  प्रहरी कार्यालय सिरहाका डीएसपी माधवराज खरेलले बताए । 

दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक भोजपुरका ४० वर्षीय हरिरण पहेली र झापा जलथल नगरपालिका–७ बस्ने मदनकुमार उप्रेती रहेको प्रहरीले जनाएको छ । दुवै जनाको उपचारका क्रममा मिर्चैयामा मृत्यु भएको प्रहरीले जनाएको  छ । 

    घाइतेमध्ये ३ जना पुरुषको नाम र ठेगाना खुलेको छैन् । ११ जनालाई विराटनगर रेफर गरिएको छ । ८ जनाको सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा र ४ जनाको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये ८ जना समान्य, ९ जना मध्ययम र ६जना गम्भीर छन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप