शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘रेस’को ट्रेलरमा कमेडी, एक्सन र प्रेम

शुक्रबार, १० जेठ २०७६, ११ : ४९
शुक्रबार, १० जेठ २०७६

काठमाडौं – ‘रेस’ २४ जेठबाट प्रदर्शनमा आउने फिल्म हो । प्रदर्शन मिति नजिकिदै गर्दा फिल्मको ट्रेलर समेत सार्वजनिक भएको छ । ट्रेलरमा फिल्म भित्र रहेको कमेडी, एक्सन र प्रेमका दृश्यले प्रथामिकता पाएका छन् । 
माता पाथिभरा फिल्मस् र लिबांग फिल्मस् प्रोडक्सन प्रालिको संयुक्त प्रस्तुति रहेको ‘रेस’मा नीता ढुंगाना, पुष्पा लिम्बु, सुलेमान (ईकु), किरण केसी, जियान र एजेश सैंजु लगायतको अभिनय रहेको छ । 

स्वदेश सहित बिदेशका केही देशमा समेत एकसाथ रिलिज हुन लागेको फिल्म किशोर सुब्बाको लेखन, निर्माण र निर्देशनमा तयार भएको हो । मौनता श्रेष्ठको पटकथा र संवाद, आनन्द राई र सञ्जित लामाको संगीत, गोविन्द राईको नृत्य, शंकर महर्जनको द्वन्द्व रहेको फिल्मका मुख्य निर्माता हस्त लिबांग हुन् भने निर्माताहरुमा बिशाल थेबे, हेमन्त गौतम, चन्द्र लिम्बू, सञ्जिब लिङ्गदेन र राज सेम्बू, कार्यकारी निर्माता किशोर पालुङ्गवा तथा सहनिर्मातामा पासाङ ह्याल्मो, रबी कुमार गुरुङ र पदम चोंगबाङ्ग रहेका छन् ।

फिल्म मुख्य निर्माता हस्त लिबांग र किशोर सुब्बा पूर्वाञ्चलका विभिन्न स्थानहरुमा अहिले फिल्म प्रचारका लागि पुगेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप