बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हङकङमा आर्यनको ‘च च हुई’

शुक्रबार, १० जेठ २०७६, ११ : ५३
शुक्रबार, १० जेठ २०७६

काठमाडौं – ‘लेटर’ मार्फत निर्देशमा होमिएका साम्तेन भुटियाको निर्देशन रहेको फिल्म ‘च च हुई’को छायाँकन अहिले हङकङमा भइरहेको छ । एक साताको सेड्युल लिएर गतशुक्रबार त्यसतर्फ हिडेको टोलीले अहिले त्यहाँको छायाँकन पुरा गर्ने तरखरमा छ । 

तान्द्रो ,अनागत, सुस्केरा र साढे सात निर्देशन गरिसकेका साम्तेनले यो पटक कमर्सियल फिल्म निर्देशन गर्न थालेका हुन् । उस्तै प्रकृतिको धेरै फिलम निर्देशन गरेको आरोप लागेका उनले यसपटक भिन्न किसिमकै फिल्म निर्देशन गरिरहेका छन् । 

हङकङको नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिल लगायतका रमणीय स्थानमा फिल्मको छायाँकन भइरहेको फिल्ममा अभिनेता आर्यन सिग्देल, माओत्से गुरुङ र भोला राज सापकोटा लगायतका कलाकारको अभिनय क्यामरामा कैद गर्ने काम भइरहेको छ । 

पुस्कर गुरुङ, मिरुना मगर, बबिता मल्ल लगायतको समेत अभिनय रहने फिल्मको अब नेपाल फर्किएर गीतको छायाँकन गर्ने निर्माता अमृत घोले लामाले बताए ।

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा कमेडी जनरको बिषयमा निर्माण भइरहेको फिल्ममा राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप