शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जब शाहरुखले आफ्नै मिल्ने साथीका श्रीमानलाई हानेका थिए थप्पड

शुक्रबार, १० जेठ २०७६, १२ : ४६
शुक्रबार, १० जेठ २०७६

भारतीय फिल्म निर्माता एवं चर्चित कोरियाग्राफ फराह खानका श्रीमान् शिरिष कुन्दर आज (२४ मे) मा आफ्नो जन्मदिन मनाइरहेका छन् । जसरी फराह बहुप्रतिभाशाली हुन् त्यसरी नै शिरिष पनि राइटर, प्रोड्युसर, म्युजिक डाइरेक्टर, एडिटर, साउन्ड एडिटर, प्रोमो डिजाइनर आदि इत्यादि हुन् ।

शिरिषले जान–ए–मन, जोकर र किर्तिजस्ता फिल्मको निर्देशन गरेका छन् । यी फिल्मले उनलाई खासै चर्चित त बनाएनन् तर एक विवादका कारण उनी चर्चामा छाएका थिए । यो एक पार्टीको किस्सा थियो । पार्टी संजय दत्तको घरमा आयोजना भएको थियो । यहाँ शाहरुख र शिरिषबीच कुटपिट भएको थियो । दुबैका बडिगार्डले एक–अर्कालाई छुट्याएपछि उनीहरुको झगडा रोकिएको बताइएको छ ।

कुरा सन् २०१२ को हो । फिल्म फेयर अवार्ड समारोहपछि संजय दत्तले एक सक्सेस पार्टी राखेका थिए । उक्त पार्टीमा थुप्रै बलिउड कलाकारको उपस्थिती थियो । स्रोतका अनुसार राती करिब ३ बजे शिरिष र शाहरुखबीचको झगडा सामान्य भनाभनबाट सुरु भयो  ।

स्रोतका अनुसार भनाभनपछि शाहरुख बाथरुम गए, त्यहाँ शिरिष पनि पुगे । त्यहाँ पनि उनले शाहरुखलाई केही भने । दुबै जब बाहिर आए तब शाहरुखले शिरिषको कानमा केही भने । त्यसपछि शिरिषले शाहरुखलाई बेस्सरी धकेले । आफूलाई धकेलेपछि  रिसाएका शाहरुखले शिरिषलाई बेस्सरी थप्पड हाने । दुबैबिच विवाद बढेको देखेर सञ्जय दत्तले बचाउ गरे र त्यहाँ उपस्थित बडिगार्डले दुबैलाई छुट्टाए ।

यो विवाद र चर्काचर्की धेरै दिनसम्म चलेको थियो । यहाँसम्म कि यसको असर शाहरुख र फराहको दोस्ती पनि परेको थियो । तर रिस बिर्सिएर फराह र शाहरुख पुनः साथी भए । सन् २०१४ मा उनीहरुले ह्याप्पी न्यू इयरमा सँगै फिल्ममा काम गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप