शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निजी अस्पतालले बिरामीको उपचार बापत पाउनुपर्ने रकम पाएनन्

शुक्रबार, १० जेठ २०७६, १३ : ३६
शुक्रबार, १० जेठ २०७६

बुटवल–पाँच नम्बर प्रदेशका ५ ठूला  निजी अस्पतालले बिरामीको उपचार  गराएबापत सरकारले दिनुपर्ने रकम नपाएको गुनासो गरेका छन् । 

विरामीको उपचार गरे बापत पाउनुपर्ने रकम तत्काल रकम निकासा गर्न यस क्षेत्रका अस्पताल सञ्चालकहरुले सरकारलाई आग्रह गरेका छन् । पाँच नम्बर प्रदेशका १२ अस्पतालमध्ये ५ वटा  अस्पतालहरुले  सरकारले दिनुपर्ने रकम नपाएका हुन् । 

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले पछिल्लो ६÷७ महिना यताको रकम उपलब्ध नगराएको  बताएका छन् ।

उनले सरकारसँग पछिल्लो ५ महिनायता ८ करोड ४६ लाख रुपैया पाउनु पर्ने दावी गरे । जसमध्ये सबैभन्दा धेरै गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवललाई ४ करोड ४७ लाख रुपैया भुक्तानी गर्न बाँकी रहेको छ । त्यसैगरी युनिभर्सल मेडिकल कलेजले १ करोड ३६ लाख, क्रिमसन अस्पताल मणिग्रामले १ करोड ३५ लाख, नेपालगञ्ज मेडिकल कलेजले ७० लाख र सिद्धार्थनगर सिटी अस्पतालले ५८ लाख गरि ८ करोड ४६ लाख रुपैयाँ पाउन बाँकी रहेको बताएको छ ।

नेपाल सरकारले विपन्न नागरिकलाई मृगौलाको डायलाईसिस र विभिन्न आठ प्रकारका कडा रोगहरुमा एक लाख रुपैयाँसम्मको निशुल्क उपचार सेवा उपलब्ध गराईरहेको छ, तर त्यस बापतको रकम भने भुक्तानी नभएको हो । 

सरकारको उक्त सेवा प्रदानको लागि सूचिकृत भएका अस्पतालहरुले विरामीको उपचार पछि नेपाल सरकार स्वास्थ्य विभागबाट प्रत्येक महिना वा बढिमा दुई महिनामा सोधभर्ना हुनुपर्नेमा विगत ६÷७ महिनादेखि सोधभर्ना प्राप्त नहुंदा अस्पतालबाट हुने सेवा प्रदान गर्न जटिल बन्दै गएको उनिहरुको गुनासो छ ।

प्रदेश नंं ५ मा सबैभन्दा रुपन्देही र नेपालगञ्जका निजी तथा गैरसरकारी क्षेत्रबाट संचालनमा रहेका अस्पतालमा उक्त सेवा प्रदान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप